Aadarsh-Daily

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका प्रस्थान

ad-4p

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्। उनी बिहान ११ बजे कतार एयरलाइन्सबाट न्यूयोर्कतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

content ad p2

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा ‘कोही पनि पछाडि नछोडिने: वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा बहस हुनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले असोज ८ गते महासभाको उद्घाटनसत्रमा सहभागी हुनेछन् भने असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुने कार्यक्रम छ।

content left

त्यस्तै, प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा एक सम्मेलनलाई सम्बोधन गर्ने र समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतराका विषयमा हुने उच्चस्तरीय बैठकमा भाग लिने छन्। उनले एन्टिमाइक्रोबियल प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने छन्।

कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजित ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयक कार्यक्रममा प्रमुख सम्बोधन गर्ने प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा असोज ११ गते ‘नेपालको परिप्रेक्ष्य: सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयमा समेत बोल्नेछन्।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट र द्विपक्षीय वार्ता गर्नेछन्। उनको टोलीमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत अन्य वरिष्ठ अधिकारीहरु सहभागी छन्।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने तय भएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily