Aadarsh-Daily

पाँच जना फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गर्‍यो

ad-4p

बारा। बारा प्रहरीले पाँच जना फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ। प्रहरीले अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीको सहयोगमा बुधबार उक्त प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको हो।

content ad p2
content left

प्रहरीका अनुसार, पक्राउ परेकाहरूमा कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी ६७ वर्षीय मन्जु रहमान र ५७ वर्षीया मनोरमा (मासुमा) रहेका छन्, जसलाई जालसाजी मुद्दामा अदालतबाट २०० रुपैयाँ जरिवाना तोकिएको थियो। त्यस्तै, जालसाजीकै अर्को मुद्दामा अदालतबाट १० रुपैयाँ जरिवाना तोकिएकी ७३ वर्षीया शिवरानी (शिउतरनिया) थरूनीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, वार्ड नम्बर ७ निवासी ५३ वर्षीय सरद कुमार उपाध्यायलाई १०० रुपैयाँ जरिवाना गरेको अदालतको फैसलापछि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले सार्वजनिक अपराधमा पाँच सय रुपैयाँ जरिवाना पाएका ७७ वर्षीय सुकुट माझी मुसहरलाई पनि पक्राउ गरी जिल्ला अदालत बारा, कलैयामा बुझाएको छ। प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार, पक्राउ गरिएका सबैलाई अदालतमा पेश गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily