Aadarsh-Daily

भन्सार छली ल्याएको ६१ बोरा चिनी बारा प्रहरीको नियन्त्रणमा

ad-4p
content left

वीरगञ्ज । प्रहरीले भन्सार छली ल्याएको ६१ बोरा चिनी बाराबाट नियन्त्रणमा लिएको छ ।

content ad p2

कलैया उपमहानगरपालिका–२५ बस्ने तजमोदिन अंसारीको घरमा प्रहरीले चेकजाँच गरेको थियो । जाँचको क्रममा उनको घरबाट भन्सार छली ल्याइएको ६१ बोरा चिनी र बोरा सिलाउने एक थान मेसिन समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको चिनीको बजार मुल्य दुई लाख ५९ हजार रहेको तथा आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily