Aadarsh-Daily

श्रीलंकाका नवनियुक्त राष्ट्रपतिले गरे संसद विघटन

ad-4p

श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्। उनले मध्यावधि निर्वाचन गराउन संसद् विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेको बीबीसी सिंहलाले जनाएको छ। ​

content ad p2

दिसानायकेले २२५ सदस्यीय संसदलाई विघटन गरिदिएका छन्। जसमा नेसनल पिपुल्स पावर–एनपीपी गठबन्धन तीन सीट मात्र थियो। उनले संसद् विघटन गर्दै आगामी निर्वाचनको मिति समेत तोकेका छन्। उनले तोकिएको समयभन्दा झन्डै एक वर्ष अगाडि अर्थात् नोभेम्बर १४ मा निर्वाचनको मिति घोषणा गरेका छन्।

content left

दिसानायकेले हिजो आफ्नो सहयोगी हरिणी अमरसूर्यालाई प्रधानमन्त्री बनाएका छन्। यनी देशको इतिहासमा तेस्रो महिला प्रधानमन्त्री हुन्। यसका साथै नवनियुक्त प्रधानमन्त्रीलाई शिक्षा, श्रम र न्याय मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ। दिसानायकेले सोमबार श्रीलंकाको नवौँ राष्ट्रपतिको शपथ लिए।

उनले आफ्नो नीतिलाई अगाडि बढाउन नयाँ जनादेश प्राप्त गर्न आफू निर्वाचित भएलगत्तै संसद विघटन गर्ने सङ्केत गरेका थिए। जनताको चाहना अनुसारको संसद्लाई निरन्तरता दिनुको कुनै अर्थ नरहेको उनले निर्वचित भएपछि नै संकेत गरेका थिए।

भ्रष्टाचारविरुद्ध लड्ने र आर्थिक सुधारका लागि गरेको प्रतिबद्धताका कारण उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। देशको नयाँ राष्ट्रपतिका रुपमा श्रीलंकाको संकटग्रस्त अर्थतन्त्रलाई सही दिशा दिनु दिशानायकेका लागि एउटा ठुलो र मुख्य चुनौती हुनेछ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily