Aadarsh-Daily

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा आयोजित कार्यक्रममा ७३ जनाले गरे रक्तदान

ad-4p

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा शनिबार आयोजित रक्तदान कार्यक्रममा जनाले ७३ जनाले रक्तदान गरेका छन् ।६९ औं प्रहरी दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय पर्साले आफनै परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित ७३ जनाले रगतदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक सौरभराज पाण्डेले जानकारी दिए ।

content ad p2
content left

कार्यक्रममा रगत दान गर्नेहरुमा सानिया खातुन,अनिता ठाकुर,क्रिश्चला तमांग,सुरेन्द्र पटेल,नितिन कुमार, रामबाबु गुप्ता,मोविन अन्सारी,अमित यादव,प्रेमबहादुरर भण्डारी,दिलिप साह सोनार,सुमन बहादुर विश्वकर्मा,बाबुराम ढकाल,राजेश महत्तो लगायतका रहेका छन् ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेल,प्रहरी नायब उपरीक्षक दीपक भारत लगायतकोपनि उपस्थिती थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily