Aadarsh-Daily

वीरगञ्जको नारायणी अस्पतालमा मेसु डाक्टर दासको कार्यभार सुरु

ad-4p

वीरगञ्ज । नारायणी अस्पतालमा सरुवा भइ आएका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चुमनलाल दासले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ६ गते उनलाई नारायणी अस्पतालमा सरुवा गरेको थियो। तर, १४ दिनपछि मात्रै डाक्टर दासले अस्पतालमा हाजिर भई आफ्नो जिम्मेवारी लिएका हुन्।

content ad p2

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशकदेखि अस्पताल प्रमुखसम्मको जिम्मेवारी हेरफेर गर्ने क्रममा डाक्टर दासलाई नारायणी अस्पतालको मेसुको रूपमा नियुक्त गर्ने निर्णय गरेका थिए। यसअघि, दास स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको रूपमा कार्यरत थिए।

content left

डाक्टर दासलाई शुक्रबार उनको कार्यकक्षमा अस्पताल विकास समितिका पदाधिकारीहरू, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले स्वागत गरेका थिए। उनले कार्यभार सम्हालेसँगै दुई हप्तादेखि अस्तव्यस्त भएको अस्पतालको सेवा पुनः नियमित हुने अपेक्षा गरिएको छ।

यसअघि, नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी डाक्टर एनामुल हकले पाएका थिए, जसलाई पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले स्वास्थ्यमन्त्री बनेपछि तत्कालीन निमित्त मेसु डाक्टर चितरञ्जन साहलाई हटाएर नियुक्त गरेका थिए। डाक्टर हकले चार महिना पनि नबित्दै स्वास्थ्य मन्त्री पौडेलले असोज ६ गते उनको जिम्मेवारी हटाउँदै डाक्टर दासलाई प्रमुख मेसुको जिम्मेवारी दिने निर्णय गरेका थिए।

डाक्टर हकले यसअघि २०७५ सालमा पनि नारायणी अस्पतालको निमित्त मेसुको रूपमा ११ महिना सेवा दिएका थिए। डाक्टर दासले दुई हप्तासम्म अस्पतालमा हाजिर नगर्दा अस्पतालका विभिन्न सेवा प्रभावित भएका थिए, तर उनको आगमनसँगै अब ती सेवा पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily