Aadarsh-Daily

पर्साको बहुदरमाइ नगरपालिकाका जटाशंकर पटेलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु ।

ad-4p

वीरगञ्ज । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

content ad p2

आइतबार राति करिब साढे ९ बजे भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा बहुदरमाई नगरपालिका–९ का ३५ वर्षीय जटाशंकर पटेलको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

content left

दुर्घटना वीरगञ्ज महानगरपालिका–१३ स्थित सरिसवापुल क्षेत्रमा भएको थियो। पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार ड्राइपोर्टतर्फबाट आइरहेको दुई भारतीय गाडीमध्ये एउटा गाडीले प्रदेस २-०३-००४ प ५५१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनापछि ती दुईवटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस घटनाले क्षेत्रका सवारी सुरक्षाको अवस्थाबारे चासो बढाएको छ। प्रहरीले दुर्घटनाको कारण र जिम्मेवारी निर्धारणका लागि थप छानबिन जारी राखेको छ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily