Aadarsh-Daily

ग्याँस ट्याङ्करबाट ठूलो परिमाणमा गाँजा बरामद

ad-4p
content left

वीरगंज । नेपालबाट गएको दुर्ई र झारखण्ड कोडर्माबाट आएका दुर्ईवटा ग्याँस ट्यांकरबाट भारतको रक्सौल सिमानामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । भन्सार आयुक्त, पटनाको निर्देशनमा सञ्चालित विशेष तस्करी विरूद्धको अभियान अन्तर्गत सूचनाको आधारमा नेपालबाट भारत आउँदै गरेको एलपीजी ट्यांकरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाँजा नेरू.१ करोड ६८ लाख ३५ हजार मूल्य बराबर रहेको बताएको छ । प्रहरीले भारत कोडर्मा निवासी सञ्जय पासवान, बहादुर यादवलाई पक्राउ गरेको जनाएको छ । रक्सौलमा भर्खरै आएका एसपी स्वर्ण सिंहले तस्करी नियन्त्रण गर्न तदारुकता देखाएपछि रक्सौलबाट ब्राउनसुगरसहित चारजना नेपालीलाई पनि पक्राउ गरेको थियो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily