Aadarsh-Daily

बहुदरमाई नगरपालिकामा विद्यार्थीले गरे तोडफोड र आगजनी

ad-4p

बहुदरमाई नगरपालिकामा शुक्रबार विहान विद्यार्थीले तोडफोड तथा आगजनी गरेका छन् । लामो समयदेखि शिक्षकले तलब नपाउँदा पठनपाठन अस्तव्यस्त बनेकाले विद्यार्थीले तोडफोड तथा आगजनी गरेको बताएका छन् ।

content ad p2
content left

कार्यालयको ताला तोडी कुर्सी र टेबल बाहिर रोडमा ल्याएर आगजनी गरेका छन् । स्थानीय रोहित कुमारका अनुसार लेखा शाखा शाखाबाहेक हरेक शाखाको टेबल, कुर्सी र दराज तोडफोड भएको छ । कागजपत्रहरु भुईमा छरिएका छन् ।

घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आगजनी र तोडफोडको सम्बन्धमा अनुसन्धान भइरहेको बताए । ‘सीसीटीभीको लाइन बन्द गरिएको रहेछ,’ उनले भने, ‘कार्यालयबाट कुर्सी र टेबल रोडमा लगेर आगजनी गरिएको छ, अनुसन्धान हुँदैछ ।’

साउन यता बहुदरमाई नगरपालिका मातहत रहेका सामुदायिक विद्यालयले तलब पाएका छैनन् । गत कात्तिक ८ मा नगरसभा सम्पन्न भएपनि नगरप्रमुखले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएकाले बजेट निकासा हुन पाएको छैन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily