Aadarsh-Daily

८४को निर्वाचन सम्म एमाले कांग्रेसको सरकार डगमगाउने छैन,सांसद हजराको ठोकुवा

ad-4p

पर्सा- नेकपा एमालेका सांसद प्रभु हजराले २०८४ को निर्वाचन सम्म एमाले कांग्रेसको सरकार डगमगाउने नभएको ठोकुवा गरेका छन।
एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग ९ओबिसी० महासंघको पर्सा कमिटीले आयोजना गरेको जिल्ला स्तरिय बैठकलाई सम्बोधन गर्दै सांसद हजराले सो ठोकुवा गरेका हुन।

content ad p2

उनले भने एमाले कांग्रेसको गठबंधनको यो सरकार जनता र देशको हितमा छ, र आउदो समयमा प्रभावशाली रहने बताएका हुन। सरकार हेरफेर र देशको अवस्था बिग्रिएकोले केहि समय आमजनमानसमा निराशा पन छाएको जिकिर गर्दै जनता भित्रको असंतुष्टीलाई संतुष्टीमा परिवर्तन गर्न मात्र नै एमाले कांग्रेसको यो गठबंधनको सरकार बनेको जानकारी दिए। उनले भने एमाले कांग्रेसको सरकार गति लिसकेको छ, अब चाडैं जनताको हितमा लोकप्रिय कार्यक्रम ल्याएर देशलाई बिकास मुखिमा परिवर्तन गर्ने समेत दाबी गरेका छन।

content left

एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज समेत रहेका सांसद हजराले पिछडावर्ग महासंघले सुरु गरेको कार्यक्रमलाई सराहनीय रहेको भन्दै थप उर्जाका साथ वडा स्तर सम्म संगठन बिस्तार गर्ने कार्यमा बिव्रता दिन सुझाव समेत दिएका हुन।

पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले ओविसीको जिल्ला भेला तथा पालिकाको अधिवेशन गर्ने निर्णय गरेको ओविसीका केन्द्रिय उपाध्यक्ष अकलेश साहले जानकारी दिए । उनले बैठकबाट पार्टी कार्यालय पर्साको सभाहलमा यहि २७ गते जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने सर्वसहमतिले निर्णय भएको जानकारी समेत दिएका छन। भने बैठकले बाकि रहेको पालिको अधिवेशन चाडै गर्ने र अधिवेशन भईसकेका पालिकाको बैठक पुस मसान्त भित्र गर्ने निर्णय भएको उपाध्यक्ष साहले जानकारी दिए । यसैगरी बैठकले ओविसीलाई थप सशक्त बनाउन संगठन बिस्तार तथा सदस्यता बितरणलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

पोखरीयामा सम्पन्न बैठकमा सांसद निर्मला देवकोटा, नेकपा एमाले पर्साका अध्यक्ष डा। विश्वम्भर शर्मा,उपाध्यक्ष मनोज गुप्ता ,सचिव महेश दास, एमालेका नेता जालिम मियाँ, लगायतकाले धारणा राखेका थिए । बैठक ओविसी पर्सा जिल्ला उपाध्यक्ष दयानन्द गुप्ताको अध्यक्षता सम्पन्न भएको थियो। बैठकमा केन्द्रिय सदस्य रामबाबु चौरसिया ,राजेश पटेल जिल्ला सहसचिव निपु साहपारस महतो, गोरख साह, संतोष पटेल,पन्नालाल राउत कुर्मी लगायतको उपस्थिती थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily