
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताउनुभएको छ ।

संघीय संसद्मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताउनुभएको हो ।
विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उहाँले जिकिर गर्नुभयो । सदन बोलाएको पहिलो दिन नै आफूहरूले आगो बाल्ने उनको दाबी थियो ।

