Aadarsh-Daily

देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्बमाथि

ad-4p

देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना अर्थात साउनदेखि पुससम्ममा एक खर्ब दुई अर्ब तीन करोड थप भएर सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।

content ad p2
content left

चालू आर्थिक वर्षको शुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो ।

सरकारले हरेक वर्ष बजेटको आकार बढाए पनि त्यसअनुसार राजस्व असुली बढ्न नसक्दा सार्वजनिक ऋणको आकार बढ्दै गएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्षको पुस समान्तसम्म विदेशी विनिमय दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्व बढेको छ ।

यसबीचमा आन्तरिक ऋणको ब्याज भुक्तानीमा २७ अर्ब ९५ करोड र साँवा भुक्तानीमा एक खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा २२ अर्ब २० करोड र ब्याज भुक्तानीमा चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily