Aadarsh-Daily

बहुदरमाई नगरपालिकाका शिक्षकहरु प्रमुख जिल्ला अधिकारिलाई साँचो बुझाए

ad-4p

७ महिनादेखि तलब नपाएर आर्थिक सास्ती ख्यापी रहेका पर्साका बहुदरमाई नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयक शिक्षकहरुले आज प्रमुख जिल्ला अधिकारिलाई बिद्यालयको साँचो बुजाएका छन ।

content ad p2

चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विद्यालयको साँचो बुझाएका हुन् ।

शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा विभिन्न नाराबाजी गर्दै बहुदरमाईका २० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुले अर्याललाई साँचो हस्तान्तरण गरेका हुन् ।

content left

‘२०८१ श्रावणदेखिको हाम्रो तलब खोई ?, शिक्षक एकता जिन्दावाद, हाम्रो माग पूरा गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित जिल्ला प्रसाशन कार्यालय पर्सामा शिक्षक तथा कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारि अर्याललाई साँचो बुझाएको शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले जनाउनुभयो ।

सात महिनासम्मको तलब नपाएपछि र पटकपटक माग गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर साँचो बुझाउनु परेको शिक्षक महासंघ पर्सा अध्यक्ष यादवले बताउनुभयो ।

विद्यालयमा पठनपाठनका लागि तलबका अलावा परीक्षा सञ्चालनदेखि अन्य कार्यका लागि आवश्यक पर्ने रकम पनि निकासा नभएको अध्यक्ष यादवको भनाई छ । यति मात्रै नभएर नेपाल सरकारले अनिवार्य गरेको दिवा खाजाबाट पनि बहुदरमाई नगरपालिकाका बालबालिका बञ्चित भएका छन् । दशै, तिहार, छठ, माघे संक्रान्ति लगायतका पर्वहरुमा पनि तलब नपाएपछि अहिले शिक्षक कर्मचारीहरु आर्थिक रुपमा कमजोर बनेर मनोबल पनि कमजोर बनेको अध्यक्ष यादवले बताउनुभयो ।

विद्यालयका साँचो ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस्तो अवस्था आउनु अत्यन्तै दुखद पक्ष भएको बताउनुभयो । बहुदरमाई नगरपालिकामा पटकपटक पहल गर्दा पनि नतिजा नआउँदा अहिलेको अवस्था सृजना भएको उहाँको भनाई छ ।

तत्कालै तलब निकासाका लागि लिखित रुपमा मौखिक रुपमा पनि पटकपटक प्रयास गर्दा सफल हुन नसकेको अर्यालले बताउनुभयो । उहाँले अझै पनि आफ्नो तर्फबाट हरसम्भव प्रयास गरीरहेको जानकारी दिनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily