Aadarsh-Daily

चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

ad-4p

चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पक्राउ परेका छन् ।

content ad p2
content left

चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) ओसारपसार भइरहेको सूचनाको आधारमा निकुञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्जको कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले भरतपुर उपमहानगरपालिका–१० मालपोत चोक नजिकैबाट हिउँचितुवाको छाला र हड्डी (आखेटोपहार) सहित दुई जना पुरुषलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले सूचनामार्फत जानकारी दिनुभएको छ ।

अस्ति माघ ८ गते मङ्गलवार पक्राउ परेकाहरूमाथि थप अनुसधान भइरहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily