Aadarsh-Daily

बहुदरमाई नगरपालिकाका विद्यार्थीहरु पढाई बिग्रिने डरले चिन्तित

ad-4p

वीरगंज – पर्साका बहुदरमाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु पढाई बिग्रिने डरले चिन्तित भएका छन । झन्डै ७ महिनाको तलब भत्ता नपाएका शिक्षकहरु विद्यालय बन्द गरेर सामुहि रुपमा नै साँचो पर्साका प्रमुख जिल्ला अधिकारि गणेश अर्याललाई बुझाई दिएका छन ।

content ad p2
content left

बहुदरमाई नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिको कुरा नमिल्दा बजेटले अख्तियारी पाएको छैन र कर्मचारीसंगै शिक्षकहरुको ७ महिनालेखि तलब पाउन बाकि छ । तलब नपाएर आफूहरुलाई समस्या भएको भन्दै उक्त नगरपालिकामा रहेको २० वटा सामुदायिक विद्यालयका शिक्षकहरु सामुहि रुपमा ताल्चा लगाएर साँचो प्रमुख जिल्ला अधिकारिलाई बुझाएको आज १० दिन भएको छ तर समस्या उस्तै छ ।

यसवर्षको एसईई परिक्षा चैत्र ७ गतेदेखि रहेको मितिसमेत निर्धारण भईसकेको हुदासमेत जनप्रतिनिधिहरुको आन्तरिक किचलोका कारण निर्दोष बिद्यार्थीहरुको भविष्य बिग्रिने चन्ता नगरबासीलाई भएको छ ।

विद्यार्थीहरुलाई तनाव छ , अशान्ति छ , चिन्ता र उनीहरु कहिले विद्यालय खुल्छ त्यसको पर्खाईमा छन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily