Aadarsh-Daily

चिनियाँ एआई एप ‘डीपसीक’ ले अमेरिकी बजारमा उथलपुथल

ad-4p

चिनियाँ एआई एप डीपसीकले अमेरिकी बजारमा उथलपुथल ल्याएको छ । गएको हप्ता बजारमा आएको कम लागतको एआई च्याटबोट डीपसीकका कारण अमेरिकाका धेरै ठूला प्राविधिक कम्पनीहरूको शेयर मूल्य घटेको बीबीसीले जनाएको छ ।

content ad p2
content left

सबैभन्दा ठूलो धक्का चिप निर्माता कम्पनी एनभिडियालाई परेको छ । एनभिडियाको बजार मूल्यमा पाँच खर्बभन्दा बढीको घाटा बेहोर्नुपरेको खबरमा उल्लेख छ ।

च्याट जीपीटीसहित प्रतिस्पर्धीहरूलाई पछि पार्दै डीपसीक अमेरिकामा सबैभन्दा बढी डाउनलोड गरिएको सस्तो एप बनेको छ । डीपसीकको शुरुआतका कारण अमेरिका मात्र नभई जापान, दक्षिण कोरिया र ताइवानको शेयर बजारमा पनि गिरावट आएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्टार्टअप कम्पनी डीपसीक अमेरिकाको प्रविधि उद्योगको लागि जागरणको घण्टी भएको चेतावनी दिनुभएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily