
विगत ७ महिनादेखि विवाद नै विवादको चपेटामा परेको पर्साका बहुदरमाई नगरपालिकाको समस्या अब सुल्झिने मोडमा रहेको समाचार प्राप्त भएको छ ।
समाचार श्रोतका अनुसार हिजो वुधबार काठमान्डौमा संघिय मामिला तथा सामान्यमन्त्रि राजकुमार गुप्ता र खानेपानीमन्त्रि प्रदिप यादवको पहलमा बहुदरमाई नगरपालिकाका मेयर संघासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफालाई राखेर भएको छलफलमा अब विवाद सुल्झाएर समाधान तर्फ जाने सहमति भएको खबर प्राप्त भएको छ ।
संघिय मामिला तथा समान्य प्रशासनमन्त्रि गुप्ताले प्रमुख प्रशासकीय अधिकृतलाई बहुदरमाई नगरपालिकाबाट तत्काल सरुवा गर्ने र छिट्टै अर्को अधिकृत पठाउने छलफलमा सहभागी एक नेताले बताएका छन ।
खानेपानीमन्त्रि प्रदिप यादवले समेत यसलाई पुष्टि गर्दै समस्याको समाधान भएको बताउनुभयो । उहाँले प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख तेलिबिच छलफल गराई विवाद सुल्झाउने कार्य गरेको बताउनुभयो ।
मेयर सिंगासन सा तेलीले प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफालाई बजेट खर्चको अख्तियारी नदिएका कारण नगरपालिकाका कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी लगायतले विगत ७ महिनादेखि तलबभत्ता पाएका छैनन् । नगरपालिकामा प्रशासनिक देखि विकास निर्माणका कामसमेत ७ महिना देखि नै ठप्प छन् ।

७ महिनादेखि तलबभत्ता नपाएका कारण नगरपालिकामा रहेका २० वटै सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा ताल्चा लगाएर चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाइदिएका कारण दुई हप्तादेखि विधार्थीहरु पठनपाठनबाट बञ्चित छन् । त्यहि विषयलाई लिएर विधार्थीहरुले एक महिनापहिले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गर्दा १ करोडभन्दा बढीको भौतिक क्षतिपनि भएको थियो ।
गत कार्तिक ८ गते भएको नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट मेयर तेलीले प्रमाणिकरण गर्नुभएको छ । अब महिनौदेखिको समस्या समाधान तर उन्मुख भएको छ ।
विगत ७ महिनादेखि विवादै विवादको चपेटामा परेको पर्साका बहुदरमाई नगरपालिकाको समस्या अब सुल्झिने मोडमा रहेको छ । हिजो वुधबार काठमान्डौमा संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्रि राजकुमार गुप्ता र खानेपानीमन्त्रि प्रदिप यादवको पहलमा बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफालाई राखेर भएको छलफलमा अब विवाद सुल्झाएर समाधान तर्फ जाने सहमति भएको हो । संघिय मामिला तथा समान्य प्रशासनमन्त्रि गुप्ताले प्रमुख प्रशासकीय अधिकृतलाई बहुदरमाई नगरपालिकाबाट तत्काल सरुवा गर्ने र छिट्टै अर्को अधिकृत पठाउने छलफलमा सहमति भएको हो ।
खानेपानीमन्त्रि यादवलेसमेत यसलाई पुष्टि गर्दै समस्याको समाधान भएको बताउनुभयो । उहाँले प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख तेलिबिच छलफल गराई विवाद सुल्झाउने कार्य गरेको बताउनुभयो ।
मेयर तेलीले प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई बजेट खर्चको अख्तियारी नदिएका कारण नगरपालिकाका कर्मचारी , शिक्षक , स्वास्थ्यकर्मी लगायतले विगत ७ महिनादेखि तलबभत्ता पाएका छैनन् ।
नगरपालिकामा प्रशासनिक देखि विकास निर्माणका कामसमेत ७ महिना देखि नै ठप्प छन् । ७ महिनादेखि तलबभत्ता नपाएका कारण नगरपालिकामा रहेका २० वटै सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा ताल्चा लगाएर चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाइदिएका कारण दुई हप्तादेखि विधार्थीहरु पठनपाठनबाट बञ्चित छन् । त्यहि विषयलाई लिएर विधार्थीहरुले एक महिनापहिले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गर्दा १ करोडभन्दा बढीको भौतिक क्षतिपनि भएको थियो । गत कार्तिक ८ गते भएको नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट मेयर तेलीले प्रमाणिकरण गर्नुभएको छ । अब महिनौदेखिको समस्या समाधान तर उन्मुख भएको छ ।

