
श्रोत खुलाउन नसेको रुपैयाँसहित वीरगंजबाट एकजना भारतीय युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बिहार निवासी २७ बर्षिय युवक ओमकुमार रौनियार रहेका छन ।

रक्सौलबाट वीरगंज आएको बीआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाईकललाई प्रहरीले आदर्शनगरमा रोकेर चेकजाँच गर्दा लेगार्डमा झुण्डीयाई राखिएको पलाष्टिकको झोलामा ६ लाख रुपैया फेला परेको छ ।
फेला परेको रुपौयाँको श्रोत उनले खुलाउन नसकेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको जनाईएको छ ।

