Aadarsh-Daily

रुससँगको लडाइँमा सघाएबापत युक्रेनले देशको आधा खनिज अमेरिकालाई दिनुपर्छ : ट्रम्प

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसविरूद्ध लड्न गरेको सहयोगको बदलामा आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने माग गर्नुभएको छ । ट्रम्प प्रशासनका वित्तमन्त्री स्कट बेसेन्टले युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग गरेको भेटमा ट्रम्पको प्रस्ताव सुनाउनुभएको अमेरिकी सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जनाएको छ ।

content ad p2
content left

युक्रेनको राजधानी किभमा भएको वार्तामा बेसेन्टले अहिलेसम्मको सहयोगसँगै आउँदा दिनमा पनि सहयोग जारी राख्नका लागि आधा खनिजमा स्वामित्व दिनुपर्ने शर्त राख्नुभएको हो । बुधवारको वार्तामा भएको प्रस्तावबारे थप अध्ययन गर्ने बताएका जेलेन्स्कीले आज अस्वीकार गरेको जानकारी गराउनुभएको वाशिङ्टन पोस्टको खबरमा उल्लेख छ ।

ग्रेफाइट, लिथियम र युरेनियमसहित युक्रेनको सबै खनिज स्रोतहरूमा ५० प्रतिशत स्वामित्व प्रदान गर्नुपर्ने अमेरिकी शर्त छ । किभ स्कुल अफ इकोनोमिक्सले स्कलन गरेको सूचीअनुसार तेल र प्राकृतिक ग्यासबाहेक युक्रेनमा टाइटेनियम, लिथियम र युरेनियमसहित १ सय ९ वटा महत्त्वपूर्ण खनिज भण्डार छन् ।

युरोपेली देशहरूले अमेरिकाको प्रस्तावप्रति आपत्ति जनाएका छन् । रुससँगको युद्धपछि युक्रेनले प्राकृतिक स्रोतबाट हुने पूरै आम्दानी देशको सुरक्षामा खर्च गरिरहेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily