Aadarsh-Daily

ट्रकको ठक्करबाट एक जनाको वीरगञ्ज पथलैया सडकखण्डमा मृत्यु

ad-4p

वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित शुभलाभ ट्रेडर्सको अगाडि बिरगञ्ज पथलैया सडक खण्डमा सवारी दुर्घटना भएको छ । पथलैयाबाट बिरगञ्जतर्फ आउँँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरीत दिशा बाट जाँदै गरेको ना ४० प ४१९५ नं.को मोटरसाइकललाई ठक्कर दिएको हो ।

content ad p2
content left

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनालाई गम्भीर चोटपटक लागेको छ । उपचारका लागि परवानिपुरस्थित एल एस न्युरो अस्पताल पठाइएको छ । उपचारको क्रममा एकजनाको मृत्यु भएको छ भने अर्का घाइतेको अवस्था चिन्ताजनक छ ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ निवासी अन्दाजी (२५–३० वर्ष) का उदित नारायण झाको उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । जितपुर सिमरा २ कै १८ वर्षीय उत्पल आचार्य घाइते भएका भएका छन् । उनको दाहिने खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।

दुर्घटनामा संलग्न ट्रकका चालक ३६ वर्षीय सन्दिप भुजेल  र सह–चालक २१ वर्षीय सुशिल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily