Aadarsh-Daily

सवारी दुर्घटनामा परेर उदितनारायणको मृत्यु

ad-4p

बाराको पथलैया सडक खण्डमा सवारी दुर्घटना हुदा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय उदितनारायण झाको मृत्यु भएको हो ।

content ad p2
content left

पथलैयाबाट बिरगञ्जतर्फ आउँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरीत दिशा बाट जाँदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा झासंगै मोटरसाईकलमा सवार त्यही ठाउँका १८ बर्षीय अर्का युवक उत्पल आचार्य गम्भीर घाईते भएका थिए । उनीहरुलाई तत्कालै उद्धार गरी अस्पताल पूर्याईएको थियो ।

उपचारका क्रममा झाको लागि परवानिपुरस्थित एल एस न्युरो अस्पतालमा मृत्यु भएको हो भने अर्का घईते उत्पल आचार्यलाई त्यही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने ट्रकका चालक ३६ वर्षीय सन्दिप भुजेल र सह–चालक २१ वर्षीय सुशिल थापालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily