Aadarsh-Daily

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

ad-4p

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तानले खेल्दैछन् । समूह ‘ए’ का भारत र पाकिस्तानबीचको खेल दुबईमा दिउँसो पौने तीन बजे शुरु हुने छ ।

content ad p2
content left

भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने उद्घाटन खेलमा घरेलु टोली पाकिस्तान न्यूजिल्याण्डसँग पराजित भएको थियो । भारतले पाकिस्तानमा नखेल्ने बताएपछि उसका खेल यूएईमा हुने तय भएको थियो ।

अघिल्लो आठौँ संस्करण इंङ्ल्याण्ड र वेल्समा संयुक्तरुपमा भएको थियो । सन् २०१७ मा भएको थियो त्यसबेला भारतलाई फाइनलमा एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । भारतले सन् २०१३ मा इङ्ल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।

यसअघि हिजो भएको खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई पाँच विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश तथा न्यूजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily