Aadarsh-Daily

बाराका एकजना पर्सामा गरे आत्मदाहको प्रयास

ad-4p

जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि आज एकजनाले आत्म दाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा अधिकारीहरुको बैठक बसिरहेकै समयमा बाराको पचरौता नगरपालिकाका वृजकिशोर साह भन्ने व्यक्तिले आत्म दाहको प्रयास गरेका हुन् ।

content ad p2
content left

शरीरमा प्रज्जवलनशील पदार्थ छर्किएर आगो लगाउने प्रयास गर्दा सशस्त्र प्रहरीले रोकेको छ । उनलाई रोक्ने क्रममा सामान्य घाईते पनि भएका छन् । सशस्त्र प्रहरीले उनलाई तत्काल जिल्ला प्रशासन कार्यालयकै गाडीमा राखेर नारायणी अस्पतालमा लगिएको छ । उनको अवस्था सामान्य नै रहेको छ ।

त्यसअघि उनले विष पनि सेवन गरेको हल्ला भएको छ । पचरौता स्थायी ठेगाना भएपनि वीरगन्जको रानीघाटमा बस्दै आएका उनी मिटरब्याज पीडित भएको बताईएको छ । थप विवरण भने आउन बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टले जिल्ला प्रशासन कार्यालय भित्रै बैठकमा रहेको बेला जानकारी आएको र थप विषयमा बुझेर जानकारी गराउने बताए ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily