Aadarsh-Daily

महेन्द्र विन्देश्वरी क्याम्पसमा स्ववियु सभापतिमा राजविराजका यादव निर्वाचित

ad-4p

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा रञ्जीत यादव निर्वाचित हुनुभएको छ । यादव तीन सय ९३ मत प्राप्त गरी प्यानलसहित विजयी हुनुभएको हो । उहाँ समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदबार हुनुहुन्थ्यो ।

content ad p2

उहाँले स्वतन्त्र उम्मेदबार विनय यादवलाई ६१ मतान्तरले पराजित गर्दै सभापति पदमा निर्वाचित हुनुभएको हो । दोहोरीएका हुन् । विनय तीन सय ३२ मत ल्याई दोस्रो र अनेरास्ववियुका मनिषा कुमारी साहले तीन सय ३१ मत ल्याएर तेस्रो हुनुभएको छ ।

content left

सचिवमा समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल क्रान्तिकारीका संयुक्त गठबन्धनका मुकेशकुमार साह तीन सय ९५ मत र कञ्चन कुमारी ठाकुर ४ सय १० मत प्राप्त गरी कोषाध्यक्षमामा निर्वाचित भएका छन् ।

साहले तीन सय ९५ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी अजय यादवले तीन सय २४ मत प्राप्त गरेका छन्। यसैगरी ठाकुरले चार सय १० मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मो.अबुजर आलमले दुई सय ९५ मत प्राप्त गर्नुभएके छ ।

मंगलबार भएको निर्वाचनमा कुल दुई हजार ७ सय ३१ मत रहेकोमा एक हजार २ सय ७२ मत खसेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily