Aadarsh-Daily

एसईई प्रवेशपत्र लिन कालिमाटीबाट स्कुल हिँडेका २ किशोरी वीरगन्ज नाकामा फेला

ad-4p

एसईईको प्रवेशपत्र लिन भन्दै काठमाडौंका कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन् । १७ र १८ वर्षीया किशोरीलाई वीरगंजस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलबाट मंगलबार साँझ ७ बजे भारतीय सुरक्षा फौज एसएसबीका जवानले फेला पारेका थिए ।

content ad p2

भारतीय किशोरसँग प्रेम सम्बन्ध रहेको र आफूहरू भारत जान लागेको बताएपछि उनीहरूलाई भारतीय सुरक्षाकर्मीले रोकेका थिए । रौतहट र सप्तरीका ती किशोरी लामो समयदेखि काठमाडौंमा सपरिवार डेरा गरी बस्दै आएका छन् । बिहीबारदेखि एसईई सुरु हुँदैछ । एक किशोरीको साथबाट प्रवेशपत्र पनि फेला परेको छ ।

content left

भाषागत समस्या भएपछि एसएसबीका अधिकारीले माइती नेपाल वीरगन्ज आवधिक गृहमा सम्पर्क गरेका थिए । माइती नेपालकी वीरगन्ज प्रमुख गोमा पौडेलसहितको टोली मितेरी पुलमा पुगेर दुवै किशोरीलाई उद्धार गरेको थियो ।

भारत बिहार वैशाली जिल्ला घर बताउने किशोरहरु १८ / १८ वर्षीय ‘ए’ र ‘बी’ लाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । दुवै किशोरी र किशोरले आफूहरू एक अर्कासँग प्रेम सम्बन्धमा रहेको र आफूहरू भारत गई विवाह गर्ने योजना बनाएर नेपाल छोड्न लागेको बताएका छन् ।

सीमामा मानव बेचबिखनविरुद्ध कार्यरत संस्थारको निगरानी नहुने बेला पारेर उनीहरू भारततर्फ जान लागेको अवस्थामा भारतीय सुरक्षाकर्मीको नजरमा परेका थिए । किशोरीहरूको अभिभावकसँग सम्पर्क प्रयास भइरहेको माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख पौडेलले बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily