Aadarsh-Daily

हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो हप्तादेखि पुनः उत्पादन थाल्ने

ad-4p

लामो समयदेखि बन्द रहेकाे हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो हप्तादेखि पुनः उत्पादन थाल्ने भएको छ ।

content ad p2

उद्योग सञ्चालनका लागि मेशिन मर्मतकाे कार्य सकिएको, तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन शुरू गर्ने तयारीमा पुगेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर नवीनकुमार कर्णले बताउनुभयो । स्थापनाकालमा जडान गरिएको मेशिन पुरानो भएकाले नयाँ जडान गर्नुपर्ने अवस्था रहेको तर आर्थिक समस्याका कारण तत्काल सञ्चालनका लागि मर्मत नै गराएको उहाँको भनाइ छ ।

content left

निमित्त महाप्रबन्धक कर्णका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक बिजुली नेपाल विद्युत् प्राधिकरणले नियमित दिने प्रतिबद्धता समेत जनाएको छ । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन् ।

२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो । गएको भदौ तेस्रो हप्तादेखि पुनः सिमेन्ट उत्पादन शुरू गरे पनि मेशिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेयता उद्योग बन्द थियो ।

दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको हेटौँडा सिमेन्ट उद्योग आर्थिक तथा अन्य समस्याका कारण चपेटामा परेको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily