Aadarsh-Daily

प्रतिबन्धित लागुऔषधसहित पर्साका भौराटारबाट एकजना पक्राउ

ad-4p

पर्सामा लागू औषध गाँजा र अफिमसहिथ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ६ भौराटारका ३३वर्षिय अमेरिका प्रसाद साह गोढ रहेका छन् ।

content ad p2
content left

प्रहरीले उनलाई गाँजा १३ किलो र अफिम जस्तो देखिने पदार्थ ७१.८० ग्रामसहित पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।लम्सालका अनुसार, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गोढको घरमा पुगेर खानतलासी गर्दा गाँजा र अफिम बरामद गरेको हो ।

गाँजा र अफिमसहित पक्राउ परेका गोढलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध लागू औषध कसूर मुद्धामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily