Aadarsh-Daily

विद्युत् प्राधिकरण विवाद : घिसिङको रिट दर्ता, शाक्यको रिट सच्याउन अवसर

ad-4p

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

content ad p2

घिसिङले वारेसमार्फत हिजो बुझाउनुभएको रिट आज दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो । घिसिङले आफूलाई सरकारले गैरकानूनी रूपमा हटाएको दाबी गर्नुभएको छ । यसको पेशी भोलिका लागि तोकिएको छ ।

content left

घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, सञ्चालक समिति नेपाल विद्युत् प्राधिकरण दरबारमार्ग, हितेन्द्रदेव शाक्यविरुद्ध रिट दायर गर्नुभएको हो ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यस्तै हिजै नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि आफ्नो साढे ३ वर्ष पुरानो मुद्दाको टुङ्गो लगाउन माग गर्दै सर्वोच्च अदालत पुग्नुभएको थियो । तर सर्वोच्च प्रशासनले रिटमा रीत नपुगेको भन्दै सच्याउन अवसर दिएको छ ।

शाक्यले २०७७ सालमा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गलत भएको र आफूले खाइपाइ आएको सेवा सुविधा उपलब्ध गराउनुपर्ने मागसहित रिट दायर गर्नुभएको थियो । त्यो रिटको पेशी २०८२ साल असार १० गतेका लागि तोकिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily