Aadarsh-Daily

ठाकुरराम क्याम्पसमा रोकिएको स्ववियु चुनावको मतगणना सुरु

ad-4p

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सबै प्रक्रिया पूरा गरी केहीबेर अघि सुरू भएको छ ।

content ad p2
content left

बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, तथा संघ–संस्थासहितको प्रतिनिधि राखेर मतगणना सुरु गरिएको निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा भएको विभिन्न दल एवम् विद्यार्थी नेताहरुबीचको सहमति बमोजिम नै प्रतिनिधिहरू राखेर मतगणना सुरु गरिएको हो ।

सिल नम्बर मेल नखाएको भन्दै विवाद बढेपछि मतगणना रोकिएको थियो । मतगणना रोकिएको ७ दिनपछि मतगणनाको कार्य अगाडि बढेको हो ।

मतगणना स्थगनको सूचना जारी गर्दा करिब १६ मतपत्र गणना गरिएको निर्वाचन समितिले जनाएको छ । स्ववियु सभापति तथा पदाधिकारी एव्‌म सदस्यका लागि गएको ५ गते मतदान भएको थियो । मतदानमा क्याम्पसमा कुल विद्यार्थीको ४० प्रतिशत अर्थात् ४३०६ जनाले मतदानमा भाग लिएका थिए ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily