Aadarsh-Daily

राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन

ad-4p

संसदीय समितिले शुक्रवार काठमाण्डाैको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

content ad p2
content left

आज बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीको प्रदर्शनबाट भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

समितिको तर्फबाट सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखी तयारी अवस्थामा रहन सरकारलाई निर्देशन दिनुभयो ।

त्यस्तै समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily