Aadarsh-Daily

धनुषामा हत्याको विरोधमा प्रदर्शन:स्थानीय र प्रहरीबीच झडप

ad-4p

धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका–२३ काे बिन्धीमा युवककाे हत्याको विरोधमा प्रदर्शनमा सहभागी स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

content ad p2
content left

जनकपुरधाम–भिठामोड सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयवासीलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । झडपका क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका छन् ।स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।

१५ दिनअघि होलीको दिन जनकपुरधाम–२३ बिन्धीमा १७ वर्षीय आशु यादवको चक्कु प्रहार गरी हत्या भएको थियो । घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार रहेका छन् । हत्यामा संलग्न अन्य व्यक्तिहरूलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily