Aadarsh-Daily

लागुऔषध खैरो हिरोईनसहित वीरगंजमा ४ जना भारतीय पक्राउ

ad-4p

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । साथै, उनीहरूले प्रयोग गरेको स्कार्पियो गाडीलाई पनि नियन्त्रणमा लिइएको छ ।

content ad p2

वीरगञ्ज महानगरपालिका – १६ रजतजयन्ती चोकस्थित सडक खण्डमा संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रुहरूको नियमित चेकजाँच गरिरहेको क्रममा बीआर ०६ डी.ई ०००७ नम्बरको कालो स्कार्पियो गाडीलाई रोकी जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा कार्पेटले छोपेर कालो प्लास्टिकको झोलामा लुकाइएको खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको पर्सा प्रहरीले दाबी गरेको छ ।

content left

भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको रक्सौल थाना अन्तर्गत वडा नम्बर १४ मौजे निवासी ३७ वर्षीय कृष्णा कुमार सवार रहेको गाडीबाट बरामद गरिएको लागूऔषधमध्ये एउटा पोका भित्र १०० ग्राम र अर्को पोकामा १२० ग्राम गरी जम्मा २२० ग्राम खैरो हेरोइन बरामद गरिएको पर्सा प्रहरीले पठाएको प्रेस विज्ञप्तिमा दाबी गरेको छ ।

गाडीमा सवार अन्य तीन जनालाई समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

पक्राउ पर्नेमा बिहार, रक्सौलका ३८ वर्षीय सुधीर कुमार, ४८ वर्षीय अमित कुमार र २७ वर्षीय चालक राजा कुमार रहेका डिएसपी लम्सालले बताए । पक्राउ परेका चारै जनाविरुद्ध लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily