Aadarsh-Daily

सर्बिया पठाइदिने भन्दै ५ जनाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

ad-4p

वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने २८ वर्षीय सुरेश माक रहेका छन् ।

content ad p2
content left

सुरेशले आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिने भन्दै पाँच जनाबाट ३२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई काठमाण्डौ महानगरपालिका–६ बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily