Aadarsh-Daily

लागुऔषध चरेशसहित बारामा एकजना पक्राउ

ad-4p

जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ बर्षीय दशरथ थिंग रहेका बारा प्रहरीले जनाएको छ ।

content ad p2
content left

ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा हेटौडाबाट वीरगंजतर्फ आउदै गरेको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा चरेश फेला परेको हो ।

प्रहरीका अनुसार थिंगले मोटरसाईकलको सिटमुनि लुकाई राखेको चरेश ११ किलो ६८ ग्राम फेला परेपछी थिंगलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका थिंगमाथि आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily