Aadarsh-Daily

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री सहभागी नहुने

ad-4p

नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउनुहुने भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीको युरोप भ्रमण तय भइसकेकोले आउन नभ्याउने जानकारी गराउनुभएको हो ।

content ad p2
content left

थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेट फलदायि भएको र दुवै जनाले सम्बन्धलाई सुदृढ बनाउन अठोट गरेको भन्दै उहाँले सगरमाथा संवादमा भारतबाट उच्चस्तरीय टोली सहभागी हुने बताउनुभयो ।

संचारकर्मीहरुले अब तपाईँको भारत भ्रमण सम्भव होला भनेपछि उहाँले सम्भव र असम्भव भन्ने कुरा नरहेको भन्दै आफूहरुलाई फुर्सद भएमा सगरमाथा संवाद अघि नै भारतको भ्रमण हुन सक्ने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीसँग पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिंचाई गर्ने लगायत पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरुमा छलफल भएको बताउनुभयो ।

प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन जानुभएको थियो । उहाँले थाइल्याण्ड भ्रमण उपलब्धिमुलक रहेको बताउनुभयो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily