Aadarsh-Daily

मकवानपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गयो

ad-4p

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गामा पर्ने पूर्व – पश्चिम सडक खण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२ संगमटोल बस्ने ५८ वर्षीय जित बहादुर प्रधानको ज्यान गएको छ ।

content ad p2
content left

काठमाण्डौबाट जनकपुरतर्फ जाँदै गर्दा आफ्नो गाडी रोकेर शौचालय जानको लागि बाटो काट्ने क्रममा ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिएको हो ।

उहाँलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले ज्यान गइसकेको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

ठक्कर दिने बसका चालक धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर–३ बस्ने २६ वर्षीय मोहन थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily