Aadarsh-Daily

कालो मास्क लगाएर शिक्षकको मौन प्रदर्शन

ad-4p

काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर चैत २० गते बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।

content ad p2

शिक्षकहरुले हिजो सिठी बजार तथा अस्ति शनिवार सडकमा सुतेर प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सरकारले वेवास्ता गरेपछि आजदेखि शैक्षिक हडतालको घोषणा गरेको शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।

सरकारले वार्ताका लागि बोलाए पनि महासङ्घले अस्वीकार गर्दै आएको छ । ऐन जारी हुने अवस्था नबनेसम्म वार्तामा नजाने महासङ्घको अडान छ । सरकारसँग २०८० सालको असोजमै सहमति भइसकेकोले त्यही सहमति अनुसार ऐन जारी हुनुपर्ने सुबेदीले बताउनुभयो ।

content left

शिक्षकहरुको हडतालका कारण विद्यालय भर्ना अभियान र एसईईको नतिजा प्रकाशन तयारी प्रभावित बन्ने जोखिम छ । यसबेला विद्यालयमा पढाई भने चलेको छैन । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु दोस्रो पटक काठमाण्डौ आएका हुन् ।

यसअघि २०८० असोजमा तीन दिन प्रदर्शन गरेपछि सरकारसँग सहमति गरेर विद्यालय फर्केका थिए । तर विधेयक पारित गर्न ढिलाइ भएकोले फेरी आन्दोलनमा आउनुपरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।

यसैबीच सत्तारूढ नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूसँग सरकारले वार्ता गर्नुपर्ने बताएको छ । कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले आज विज्ञप्ती निकालेर शिक्षकहरूको आन्दोलन र शैक्षिक हड्तालका कारण विद्यालयको पठनपाठन प्रभावित बन्न पुगेको भन्दै सरकार प्रमुखले तत्काल वार्ता गर्नुपर्ने बताउनुभएको हो ।

यस्तै नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । आज पार्टीका प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति निकालेर शिक्षा ऐन तत्काल जारी गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका जायज माग पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभएकाे छ । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले शिक्षकहरु संवादमा आउने वित्तिकै माग सम्बोधन गर्ने बताउनुभयो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily