Aadarsh-Daily

शिक्षकहरूले दिउँसै बत्ती बालेर सरकारलाई खोज्दै

ad-4p

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाण्डाैमा प्रदर्शन गरिरहेका शिक्षकहरूले आज दिउँसो टर्च लाइट बालेर प्रदर्शन गरेका छन् । बानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।

content ad p2
content left

शिक्षकहरूले अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरूले चैत २० गतेदेखि काठमाण्डाैमा प्रदर्शन गर्दै आएका हुन् ।

सरकारले वार्तामा बोलाइरहेपछि ऐन जारी गर्ने अवस्था नआएसम्म शिक्षकहरू वार्तामा नजाने अडानमा छन् । यो निर्णायक आन्दोलन भएको र यस पटक ऐन जारी नभई नफर्कने उनीहरूको भनाइ छ ।

शिक्षकहरूले हिजोदेखि देशव्यापी शैक्षिक हडतालसमेत शुरू गरेका छन् । यस बेला वार्षिक परीक्षा सकिएर पढाइ शुरू नभएको अवस्था भए पनि आन्दोलनका कारण विद्यालय भर्ना अभियान तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा तयारीमा समस्या आएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily