Aadarsh-Daily

मधेस प्रदेशसभालाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

ad-4p

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्नुहुने भएको छ । सबै प्रदेशमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत आज मधेस प्रदेशसभा सम्बोधन गर्न लाग्नुभएको हो ।

content ad p2
content left

प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । बाहिर गेट बनाउनेदेखि लिएर सभाहलमा कार्पेट लगाउने कामसमेत भएको हो ।

आज मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीले साढे ११ बजेदेखि सम्बोधन गर्ने कार्यतालिका रहेको सभामुख रामचन्द्र मण्डलले  जानकारी गराउनुभयो । ओली मंगलबार बिहान साढे १० बजे हेलिकप्टरमार्फत जनकपुर आउनुहुने छ ।

प्रधानमन्त्री ओली जनकपुर विमानस्थलबाट प्रदेशसभामा पुग्ने र सम्बोधनपछि सिरहामा हुने आमसभामा जानुहुने कार्य तालिका रहेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily