Aadarsh-Daily

त्रिशूली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग

ad-4p

चैत्र, २७ वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले त्रिशूली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

content ad p2
content left

मेयर साहले गत भदौंमा त्रिशूली बस दुर्घटनामा ज्यान गुमाएका बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका ओमहरि यादवको परिवारको सदस्यलाई राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

मेयर साहले मंगलबार दुर्घटनामा ज्यान गुमाएका ओमहरी यादवको परिवारलाई नगरपालिकाको कार्यालयमा बोलाई राहत स्वरुप रु पचास हजारको चेक हस्तान्तरण गरेका हुन ।

त्रिशूली बस दुर्घटनमै ज्यान गुमाएका रामनगरीका अर्का एक परिवारलाई समेत यस अघि नै मेयर साहले राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily