Aadarsh-Daily

१७ अर्ब ८६ कराेड रुपैयाँभन्दा धेरै अवैध कारोबार, पर्साका ३ सहित २१ जना पक्राउ

ad-4p

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ ।

content ad p2
content left

विदेशबाट रेमिट्यान्सबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक रेमिट्यान्सका नाममा अवैध कारोबारमा संलग्न ८ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले भन्सार चोरी पैठारी, सुनको अवैध करोबार, कर छलीबापत प्राप्त गरेको गैरकानूनी रकमलाई डिजिटल वालेट कम्पनीहरूका नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नका लागि ‘मनी म्युल’ अर्थात् पैसा ओसारपसार गर्ने भरियाहरूलाई परिचालन गरेको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा धनुषा र सप्तरीका ५/५ जना, पर्सा र नवलपरासीका ३/३ जना, मोरङका २ जना तथा महोत्तरी, सर्लाही र चितवनका १/१ जना रहेका छन् । उनीहरूले १७ अर्ब ८६ करोड रुपैयाँभन्दा धेरै अवैध कारोबार गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily