Aadarsh-Daily

आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै

ad-4p

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ ।

content ad p2

दिल्ली ९ खेलमा १२ अङ्कका साथ तालिकाको चौथो र कोलकाता समान ९ खेलमा ७ अङ्कसहित सातौं स्थानमा छ ।

content left

गएराति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले हरायो । गुजरातले जीतका लागि दिएको दुई सय १० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

उसका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीले ३८ बलमा एक सय एक रन बनाए । उनले ३५ बलमा शतक पूरा गरे । उनी आईपीएल क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

जीतसँगै राजस्थान १० खेलमा ६ अङ्कसहित आठौं स्थानमा छ । गुजरात ९ खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily