Aadarsh-Daily

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री ओली

ad-4p

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुभएको छ ।

content ad p2

एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा उहाँले वैदेशिक रोजगारीमा देखा परेका चुनौती नियन्त्रण गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले ‘श्रमसंसार पोर्टल’ को शुभारम्भसमेत गर्नुभयो ।

content left

श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास वा सहुलियतपूर्ण कर्जा, सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगारीका सेवालाई घरदैलोमा पुर्‍याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पार्न श्रमसंसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र ‘डिजिटल’ अर्थतन्त्रको निर्माण, प्रविधिको प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य हासिल गर्न र सबै नेपालीलाई सरल तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका हुने समेत बताउनुभयो ।

सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

श्रमसंसार पोर्टलबाट श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हटाई भौतिक उपस्थिति, प्रक्रियागत झन्झट हटाउँदै नागरिकको सीप क्षमता तथा योग्यताको विकासमार्फत श्रम समाजका सम्पूर्ण वर्गलाई नियमन गर्दै राष्ट्रलाई समृद्धितर्फ लैजान सहयोग गर्ने सरकारको विश्वास छ ।

सम्बन्धित खबर

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily