Aadarsh-Daily

जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अनिश्चित

ad-4p

हिजो पार्टी एकीकरण घोषणा स्थलबाटै रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अनिश्चित भएको छ । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको अनधिकृत पत्रपछि पक्राउ परेका चौधरी हिजै रिहा भए पनि दुई पार्टीबीचको एकता भने अनिश्चित बनेको हो ।

content ad p2
content left

चौधरी पक्राउ परेको घटनाको समीक्षा गरेपछि मात्रै एकता घोषणाको मिति तय हुने नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले बताउनुभयो । हिजो चौधरी छुटेपछि भएको छलफलले एकीकरण घोषणा हुनै लाग्दा भएको घटनालाई सामान्य रूपमा लिन नसकिने भएकोले त्यसलाई थप समीक्षा आवश्यक रहेको निष्कर्ष निकालेको उहाँले बताउनुभयो । राज्यशक्ति नै एकता भाँड्ने अभियानमा लागिरहेको उनीहरूले दाबी गरेका छन् ।

संरक्षक रेशम चौधरी रिहा भएपछि हिजो बेलुका नागरिक उन्मुक्ति पार्टीका उपलब्ध नेताहरूको बैठक बसेको थियो । मधेश अलग देश हुनुपर्ने भन्दै स्वराज अभियान चलाइरहेका सीके राउतले २०७५ साल फागुन २४ गते ११ बुँदे सम्झौता गरी देशको अखण्डता स्वीकार गर्दै जनमत पार्टी दर्ता गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टी थरूहट आन्दोलनबाट उदाएको शक्ति हो ।

दुई दलबीच एकताको आधारभूत कुरा यसअघि नै टुङ्गो लागिसकेको छ । यी दुई पार्टीबीच एकता भएपछि प्रतिनिधिसभामा १० सांसद हुनेछन् जुन शक्ति मधेशी दलहरूमध्ये सबैभन्दा ठूलो हुनेछ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily