Aadarsh-Daily

बारामा भिषण आगलागी : दुई घर जलेर खरानी

ad-4p

बाराको विश्रामपुर गाउँपालिका–१ स्थित कैलालपुर टोलमा आज बिहान भीषण आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागी लक्ष्मण मुखिया र टेकमण मुखियाको घरमा भएको हो।

content ad p2

स्थानीय बासिन्दाका अनुसार आगलागी शुभआमा पूजाको क्रममा भएको हो। आगो लागेपछि गाउँलेहरू, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सक्रियतामा तत्कालै आगो नियन्त्रणको प्रयास गरिएको थियो। स्थानीयहरूले घरभित्रको केही सामान निकालेर जोगाउन सफल भएका छन्।

content left

पर्साबाट आएको बारुण यन्त्र (दमकल)को सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।

वडाध्यक्ष सन्तोष पटेलका अनुसार सुरक्षाकर्मी र स्थानीयको सक्रियताका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको छ।

अहिलेसम्म आगलागीको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ भने स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily