
जिल्ला प्रशासन कार्यालय पर्साबाट दैनिक सय भन्दा सेवाग्राहीको राष्ट्रिय परिचयपत्र समबन्धि विवरण दर्ता भईरहेको छ । गत बैशाख १४ गतेदेखि पर्साको ४ ठाउँबाट राष्ट्रिय परिचय सम्बन्धि विवरण दर्ता गर्नसक्ने व्यवस्था भएपछी जिल्ला प्रशासन कार्यालय पर्साबाट मात्रै दिनको सय भन्दा बढी सेवाग्राहीको विवरण दर्ता भईरहेको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारि एवम सुचना अधिकारि बाबुलाल रेग्मीले चार ठाउँबाट सेवा विस्तार भएपछी सेवाग्राहीलाई सहज भएको र त्यही भएर विवरण दर्ता द्रुतगतिमा भईरहेको बताउनुभयो ।

राष्ट्रिय परिचयपत्रको फारम भर्ने शाखाका कम्प्युटर अपरेटर पप्पु साह र जागृत प्रसाद साहका लगनशीलता र कडा मेहनतका कारण दैनिक सयजना भन्दा बढी सेवाग्राहीका विवरण दर्ता हुने गरेको हो । कार्यालयको समय सकेपनि राष्ट्रिय परिचयपत्रको फारम भर्ने शाखामा काम गर्ने साहद्वोयले थप आधा घण्टा पछी सेवा प्रवाह गरेर कार्यालय बन्द गरेको पाईएको हो ।
चर्को गर्मी र सेवाग्राहीको अत्याधिक चापका बाबजुद पनि एक ठाउँबाट मात्रै दैनिक सय जनाको विवरण दर्ता गर्नुले जिल्ला प्रशान पर्साले जुन उद्धेश्यले ४ ठाउँबाट सेवा विस्तार गरेको छ । त्यो उद्धेश्य छिट्टै पुरा हुने देखिएको छ ।
अहिले पर्साको जिल्ला प्रशासन कार्यालय वीरगंज , ईलाका प्रशासन कार्यालय सुपौली , वीरगंज महानगरपालिका र पोखरिया नगरपालिको कार्यालयबाट राष्ट्रिय परिचयपत्र सम्बन्धि विवरण दर्ताको काम भईरहेको छ ।
सुवाग्राहीको सुबिधालाई ध्यानमा राखेर बैशाख १४ गतेदेखि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लाको ४ ठाउँबाट सेवा प्रवाहको व्यवस्था मिलाउनु भएको छ । यसले सेवाग्राहिको सास्तीको अन्त्य भई सेवा प्रवाहमा सहजता भएको छ ।

