Aadarsh-Daily

एक महिनामा वीरगन्ज नका हुँदै भित्रियो १५ हजार टन डीएपी मल

ad-4p

वीरगन्ज नाका हुँदै एक महिनाको अवधिमा कृषि सामग्री कम्पनीको १५ हजार टन डीएपी मल भित्रिएको छ । कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, भारतको कोलकाताबाट मल बोकेर बुधबार रेल्वे ¥याक वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको हो ।

content ad p2

एउटा रेल्वे ¥याकले सामान्यतया २ हजार ५ सय टन मल बोक्छ । कुल ६ ¥याकमध्ये आधा सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा ३ वटा र सिर्सिया सुक्खा बन्दरगाहमा ३ वटा ¥याक आइपुगेका हुन् ।

content left

कूल १५ हजार टन डीएपी मलमध्ये ६ हजार टन डीएपी मल कम्पनी प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा भण्डारण भइसकेको छ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालय लगिँदै छ । वीरगन्ज कार्यालयको मल रक्सौल रेल्वे स्टेसनमा तथा विराटनगर र भैरहवाको मल सिर्सिया सुक्खा बन्दरगाहमा आइरहेको छ ।

ग्लोबल टेन्डरबाट सन इन्टरनेसनल कम्पनीले यो मल आपूर्तिको ठेक्का पाएको हो । २५ हजार टन डीएपी मलको यो कन्साइन्मेन्टअन्तर्गत ९ हजार ५ सय टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउने छ । बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले पाउने छन् ।

हाल चैते धान बालीका लागि डीएपी मलको माग नरहेकाले आउँदो वर्षे धान बाली सिजनका लागि यो कन्साइन्मेन्टको मल उपयोगी हुने पाण्डेले बताए । कम्पनी मधेश प्रादेशिक कार्यालयले मधेश प्रदेशका जिल्लाका साथै बागमती र गण्डकी प्रदेशका समेत गरी १६ जिल्लामा मल परिचालनको जिम्मेवारी वहन गर्दै आएको छ ।

कम्पनीको युरिया मल भने नेपाल आउन पुग्न अझै समय लाग्ने पाण्डेले जानकारी दिए । ३० हजार टनको उक्त कन्साइन्मेन्टको मल हाल कोलकाता बन्दरगाह आइपुगेको जानकारी आफूले पाएको उनले बताए । समयमै युरिया मल आएको खण्डमा आउँदो बर्खेबाली सिजनका लागि युरिया मलको माग सहजै धान्न सकिने उनले बताए ।शंकर आचार्य/कान्तिपुर

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily