Aadarsh-Daily

मधेसका पूर्वमन्त्री, मेयरसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

ad-4p

मधेस प्रदेशका पूर्वमन्त्री विजय कुमार यादव, सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।

content ad p2
content left

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सर्लाहीको सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रुपमा उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ । संघीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानुनी तवरमा पोखरी समेतका संरचना निर्माण गरी सरकारी सम्पत्ति हानिनोक्सानि गरेको अभियोगपत्रमा उल्लेख छ ।

५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।साभारः ईकान्तिपुर

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily