Aadarsh-Daily

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध अर्को मुद्दा

ad-4p

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

content ad p2
content left

गैरकानूनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र आज विशेष अदालतमा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । मुद्दामा आयोगले पौडेल र तत्कालीन सहायक निर्देशक रमेश पोखरेलसहित पाँच जना र एक कम्पनीलाई पनि प्रतिवादी बनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा केन्द्रबाट विभिन्न उपकरण खरिदमा पाँच करोड ७९ लाख भ्रष्टाचार गरेको पुष्टि भएपछि त्यहीअनुसार बिगो मागदाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily