Aadarsh-Daily

जनमत पार्टीले मधेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता बोलायाे

ad-4p

जनमत पार्टीले मधेश प्रदेश सरकारबाट दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ । उद्योग तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएकाे पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिनुभयो ।

content ad p2
content left

उहाँका अनुसार यसअघि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीको जिम्मेवारी सम्हालिसकेका वसन्त कुशवाहा र राज्यमन्त्री सम्हालेका सञ्जय यादवलाई नयाँ जिम्मेवारी दिने जनमतको तयारी छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले एक वर्ष पुगेकोले पार्टीको नियमित प्रक्रियाअनुरूप मन्त्रीहरू फेरिन लागेको जनाएको छ । मधेशमा जनमतबाट सतिशकुमार सिंहको नेतृत्वको सरकार रहेको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily